PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी पर्यटकको मृत्यु



पहिलोपोस्ट

मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी पर्यटकको मृत्यु
फोटो : विकिपिडिया।

गोरखा: मनास्लु हिमाल आरोहण गर्न गएकी एक विदेशी पर्यटकको शनिवार मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्ने क्रममा पोल्यान्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए।

आरोहणका क्रममा उनी ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन्। ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी थिइन्। बोकेर तेस्रो शिविर ल्याइपुर्‍याउँदा उनको मृत्यु भएको शर्माले बताए। मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उनले बताए। घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट तीन दिनको पैदल दूरीमा पर्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell