PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

शंखमूलदेखि टेकु दोभानसम्म खाली खुट्टाले कलश यात्रा, 'जय माता दी दुर्गा पूजा', फोटोमा

शंखमूलदेखि टेकु दोभानसम्म खाली खुट्टाले कलश यात्रा, 'जय माता दी दुर्गा पूजा', फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: शंखमूलदेखि करिब एक सय जना महिलाहरु 'जय माता दी' भन्दै खाली खुट्टा टेकु दोभान नजिकै बनाएको पन्डाल पुग्छन्। सबैको निधारमा 'जय माता दी' लेखिएको कपडा बाँधिएको छ। सबैले टाउकोमा कलश बोकेका छन्। नौ कन्याले कलश यात्रा गर्दा एउटा प्रधान कलश रहन्छ। अन्य स्वेच्छिक रुपमा कलश यात्रामा आउँछन्।

हरेक वर्ष यी महिला यसरी नै घटस्थापनाको दिन खाली खुट्टा शंखमूलदेखि टेकु दोभानको यात्रामा निस्कन्छन्। माता दुर्गाको आह्वान गर्दै।

दोभानको किनारमा ठूलो पन्डाल बनाइएको छ। त्यहाँ अबको नौ दिनसम्म देवी दुर्गा भगवतीको पूजा गरिनेछ। त्यसका लागि देवी दुर्गाको ठूलो मूर्ति तयार भइसकेको छ। सप्तमीको दिन मात्र मूर्ति सबैका लागि सार्वजनिक गरिनेछ। 

अबको नौ दिनसम्म पन्डालमा रातभरि जाग्राम बस्दै दुर्गाको पूजा गरिनेछ। कलशलाई देवी दुर्गाको प्रतीकका रूपमा लिइन्छ। कलश बोकेर पन्डाल पुगेका महिलाहरूको दुर्गाको प्रतीकका रूपमा खुट्टा धुने प्रचलन पनि रहेको छ।

विगत १० वर्षदेखि जय माता दी दुर्गा पूजा समारोह समितिले सानेपा क्षेत्रमा पूजा सञ्चालन गर्दै आइरहेको छ। दुई वर्षदेखि भने टेकु दोभानसँगै पन्डाल लगाएर पूजा हुँदै आएको छ। यो वर्ष करिब ४ लाख भक्तजनहरू पूजामा सरिक हुने अनुमान समितिले गरेको छ।

कलश यात्रा हेर्नुस् फोटोमा



ट्रेन्डिङ पोस्ट

Ncell