PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै



पहिलोपोस्ट

नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
फाइल फोटो

काठमाडौँः नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। तीन नेत्र हुने ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी मानिन्छ। कठोर साधनामा लिन रहने हुँदा उनलाई ब्रह्मचारिणी भनिएको हो।

ब्रह्मचारिणीको उपासना गर्नाले ज्ञान सिद्धी हुनुका शक्ति र सुख मिल्ने विश्वास छ।

यसैबीच नेपालभरि दुर्गा भगवतीको मन्दिरहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। घटस्थापनाको दिन राखिएको जमरालाई पूजा गर्दै स्थापना गरिएको कलशमा देवी आह्वान गर्ने गरिन्छ। काठमाडौंको नक्साल भगवती, शोभा भगवती, भद्रकाली लगायतका मन्दिरहरुमा बिहानैदेखि तीर्थालुहरु पुगिरहेका छन्। विजया दशमीसम्म शक्तिपीठहरुमा पुगेर दुर्गा भवानीको पूजा गर्ने क्रम जारी रहन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell