PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

साग समिति: आफ्नो जिम्मेवारी गम्भीर भएर पूरा गर्न मन्त्री विश्वकर्माको निर्देशन, आज पनि बैठक बस्दै



पहिलोपोस्ट

साग समिति: आफ्नो जिम्मेवारी गम्भीर भएर पूरा गर्न मन्त्री विश्वकर्माको निर्देशन, आज पनि बैठक बस्दै

काठमाडौं: नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि गठित विभिन्न समितिका सचिव र युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) बीच बैठक आइतबार सम्पन्न भएको छ।

बैठकमा सागका लागि गठित विभिन्न समितिका सचिवहरुसँग मन्त्री विश्वकर्माले सागकाे कार्यविधिबारे छलफल गरेका थिए। मन्त्री विश्वकर्माले साग राष्ट्रिय प्रतिष्ठाको विषय भएको भव्यताका साथ सफल पार्न गम्भीर भएर सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु पर्नेमा जोड दिँदै आर्थिक अनुशासनमा रहेर कार्य सम्पन्न गर्न निर्देशन दिए।

मन्त्री विश्वकर्माले कागकाजका दौरान आवश्यक पर्ने जनशक्ति सचिवालयबाट पूर्ति हुने बताउँदै जिम्मेवारीलाई कुनै कसर बाँकी नराख्न समेत निर्देशन दिएका थिए।

सोही अवसरमा १३ औं साग सचिवालय प्रमुख कमल खनालले कार्यविधि अनुसार सबैले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे। समारोह समितिका सचिव समेत रहेका राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले समितिका सचिवहरुले गर्नु पर्ने कार्यका बारेमा जानकारी गराए।

बैठकमा समितिअन्तर्गत राष्ट्रिय टिम तयारीका सचिव महेन्द्रकुमार राई, खेल स्थल व्यवस्थापनका सचिव लवभक्त श्रेष्ठ, प्राविधिकका सचिव अर्जुनबहादुर विक, सुरक्षाका सचिव फणिन्द्र पौडेल, आवास व्यवस्थापनका सचिव विनोद उप्रेती, यातायात व्यवस्थापनका सचिव सरोजकुमार पोखरेल, स्वास्थ्यका सचिव मधुसुदन, प्रचार प्रसार तथा प्रकाशनका सचिव दुर्गाप्रसाद दुलाल, अतिथि सत्कारकी सचिव अनन्तादेवी खनाल, खेल सामाग्री, उपकरण तथा पोशाक व्यवस्थापनका सचिव वज्रबहादुर केसी तथा एन्टी डोपिङका सचिव तिलक नेपाली उपस्थित थिए।

बैठकमा सहभागी सबैले इमान्दारीपूर्वक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। संयोजक र सचिवसहितको बैठक मन्त्री विश्वकर्माको उपस्थितिमा आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell