PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

झापाको अनारमनीमा विप्लव समूहले लुकाएको २५ किलो विष्फोटक पदार्थ बरामद



पहिलोपोस्ट

झापाको अनारमनीमा विप्लव समूहले लुकाएको २५ किलो विष्फोटक पदार्थ बरामद

काठमाडौं: सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भण्डारण गरी राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले आइतवार अर्जुनधारा नगरपालिका वडा नम्बर १ सिस्नेबाट विस्फोटक पदार्थ बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जुटको बोरामा लुकाई Neogel 90 लेखिएको High Explosive २५ किलो विष्फोटक पदार्थ फेला पारेको हो। विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधि हो भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, झापा जिल्ला इन्चार्ज सुमनसिंह पौडेल, झापा जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टीका पोखरेल लगायतका व्यक्तिहरु समेतले करिब १ महिनाअगाडि ल्याई लुकाई भण्डारण गरी राखेको खुलेको छ।

प्रहरीले उनीहरुलाई केही साताअघि पक्राउ गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell