PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

काठमाडौँ बाहिर जाने बसको यसरी गरिँदैछ 'फिटनेस टेस्ट'

काठमाडौँ बाहिर जाने बसको यसरी गरिँदैछ 'फिटनेस टेस्ट'

समर्थ रञ्जित/पहिलोपोस्ट


लामो दुरीका बसमा ‘फिटनेस चेक’ नहुँदा धेरै यात्रु बाटोमै अलपत्र पर्ने समस्या सधैँ दोहोरिन्छ। गाडीको फिटनेस चेक नहुँदा बिग्रिएर अलपत्र पर्ने मात्रै होइन दुर्घटना पनि हुने गरेका छन्।

यो पटक सरोकारवालासँगको परामर्शमा नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने सबै गाडीको ‘फिटनेस टेस्ट’ गर्ने निर्णय भयो। निर्णय अनुसार शनिवारदेखि लामो यात्रा गर्ने सबै गाडीको चेकजाँच गरेर मात्रै बाहिर पठाउने गरिएको छ।

दशैंमा सुरक्षित यात्राका लागि यातायात व्यवस्था विभाग, टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नयाँ बसपार्क व्यवस्थापनको जिम्मा पाएको लोत्से बहुउद्देश्यीय सहकारी संस्थाबीच यस्तो समझदारी बनेको थियो।

गाडी परीक्षणका लागि सिप्रदीको सुविधासम्पन्न वर्कसप नयाँ बसपार्कभित्रै छ। सिप्रदीले वर्कसपमा ११ वटा ‘वे’ र बाहिर पाँच वटा ‘वे’मार्फत प्रत्येक गाडीको चेकजाँच गर्दै आएको छ।

सिप्रदीका दक्ष प्राविधिकले गाडीको चेकजाँच गर्ने र गाडीमा ठूलै खराबी आएमा यातायात व्यवस्था विभागलाई जानकारी गराउँछ। प्रहरीका अनुसार असोज ५ गतेदेखि ११ गतेसम्म ६८ वटा सवारीसाधन विभिन्न कारणले सडकमा बिग्रिएका छन्। यस्ता सवारीसाधनलाई सञ्चालनमा प्रहरीले रोक लगाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell