PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

त्रिकोणात्मक टी २० सिरिजः नेपाल तालिकाको शीर्ष स्थानमा, भोलि फेरि जिम्बावेसँग प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

त्रिकोणात्मक टी २० सिरिजः नेपाल तालिकाको शीर्ष स्थानमा, भोलि फेरि जिम्बावेसँग प्रतिस्पर्धा गर्ने

सिंगापुरमा जारी टी २० सिरिजमा गएराति भएको खेलमा सिंगापुरले जिम्बावेलाई हराएसँगै नेपाल शीर्षस्थानमा उक्लिएको छ। सिरिजमा प्रतिस्पर्धा गरिरहेका तीनै टोलीले समान २/२ खेल खेल्दै १ जित र १ हारका साथ २ अंक जोडेका छन्। रनरेटका आधारमा नेपाल पहिलो, जिम्बावे दोस्रो र सिंगापुर तेस्रो स्थानमा छन्।

पहिलो खेलमा टेस्ट राष्ट्र जिम्बावेले नेपाललाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो। त्यस्तै दोस्रो खेलमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै सिंगापुरमाथि ९ विकेटको सानदार जित हात पार्‍यो। यसमा नेपालका लागि पारस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न कीर्तिमानहरु समेत बनाउन सफल भए। त्यस्तै गएराति भएको खेलमा सिंगापुरले जिम्बावेमाथि ४ रन झिनो अन्तरको जित निकाल्दै आफ्नो बलियो उपस्थिति जनायो।

भोलि नेपालले फेरि जिम्बावेको सामना गर्दै छ। जिम्बावेको बलियो ब्याटिङलाई रोक्ने र आफूले ठूलो लक्ष्य बनाउने नेपालको चुनौती हुनेछ। अनुभवी जिम्बावेसँग खेल्न त्यति सहज भने छैन। पहिलो खेलमा नेपालविरुद्ध जिम्बावेले १८ दशमलव १ ओभरमा १३३ रन बनाउँदै नेपालको चुनौती पार गरेको थियो भने सिंगापुरसँग पनि १८१ रनकाे विशाल लक्ष्य पछ्याउँदै १७७ रन बनाएको थियो।  जुन आफैंमा एउटा राम्राे स्काेर हाे।

नेपालकाे जिम्बावेसँगकाे पहिलो खेलमा सन्दीप लामिछानेले जिम्बावेको ३ विकेट लिइरहँदा अन्य बलर महँगा साबित भएका थिए। सन्दीपले भने ४ ओभर बलिङ गर्दै ३ विकेट लिएर मात्र १५ रन दिएका थिए। त्यस्तै ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबाहेक अन्य खेलाडी जम्न सकेका थिएनन्। फेरि, दोस्रो दोस्रो खेलमा भने पारस खड्का र आरिफ शेखले उत्कृष्ट ब्याटिङ साझेदारी बनाएका थिए। यता बलिङमा करण केसीले राम्रो प्रर्दशन गरेका थिए। उनले ४ ‌ओभर बलिङ गर्दै ३४ रन दिएर २ विकेट लिएका थिए।

त्यस्तै राष्ट्रिय टिमबाट टी २० डेब्यु गरेका सुशन भारीले ४ ओभर बलिङ गर्दै २७ रन दिएर १ विकेट लिएका थिए। सन्दीप लामिछानेले सिंगापुरसँगको खेलमा विकेट लिन नसके पनि किफायती बलिङ गरेका थिए। उनले ४ ‌ओभरमा मात्र १८ रन दिएका थिए।  दोस्रो खेलबाट राम्रो लयमा फर्किएको नेपालले तेस्रो खेलमा जिम्बावेसँग खेल्नेछ।

जिम्बावेको प्रदर्शन

त्यसो अहिलेसम्म सिरिजमा सर्वाधिक रन बनाउने खेलाडीमा पारस खड्का पहिलो स्थानमा छन्। उनले २ खेलमा १२४ रन बनाएका छन्। त्यस्तै सिंगापुरका टिम डेभिड १०५ रन बनाउँदै दोस्रो स्थानमा छन्। नेपालसँगको पहिलो खेलमा खाता नखोल्दै पभेलियन फर्किएका जिम्बावेका कप्तान सेन विलियम्सले सिंगापुरसँग ६६ रन बनाएका थिए। पहिलो खेलमा सन्दीप लामिछानेले महत्वपूर्ण ब्याट्सम्यानहरुलाई खाता नखाेल्दै आउट गराए। तर, दाेस्राे खेलमा भने ती ब्याट्सम्यानहरु सिंगापुरसँग राम्राे रन बनाउन सफल भएका थिए। 

सिरिजमा उत्कृष्ट बलिङ गर्दै जिम्बावेका रायन बर्लले २ वटा खेलमा ५ ‌ओभर बलिङ गर्दै ४ विकेट लिएर उत्कृष्ट लयमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell