PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

बल्लबल्ल खिच्न मिलेको चङ्गा उडाउँदै गरेका यी दृश्य

बल्लबल्ल खिच्न मिलेको चङ्गा उडाउँदै गरेका यी दृश्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : दशैंको प्रतीककै रुपमा मानिन्छ चङ्गा। दशैं जनाउने स्केच होस् या पसलहरु चङ्गा टाँगेरै भए पनि यसको महत्व दर्शाउनेहरु भेटिन्छन्। तर, चङ्गा उडाइरहेको देख्न भने आजकल मुस्किल हुन थालेको छ। दशैंमा मात्र उडाइने भएकाले चङ्गाको बेग्लै महत्व छ। अरु पर्वमा चङ्गा उडाइन्न। चङ्गा उडाउने र चेट गराउने चलन नै लोप हुँदै गएको छ।

यसपाला मलाई चङ्गा उडाउनेको फोटो खिच्न मन थियो। प्रायोजित रुपमा चङ्गा उडाउनेको कस्मेटिक फोटो रुचीको विषय थिएन। त्यसैले चङ्गा उडाइरहेको फोटो खिच्न चनाखो नै थिएँ। तर, भेट्नै पो गाह्रो भयो त।

थापाथली पारी वाग्मती किनारामा एकाएक चङ्गा उडाइरहेका बालबालिका देखिए। फोटो खिच्ने रहर पूरा हुने भयो भन्दै त्यतै लागेँ। तर, चङ्गा उडाउन भेला भएकाहरु सिकारु नै रहेछन्। जसोतसो उनीहरु लट्टाई घुमाइरहेका थिए। त्यही क्षणमात्र मिल्यो क्याप्चर गर्न। हेर्नुस् लोप हुँदै गएको चङ्गा उडाइरहेका बालबालिका-



ट्रेन्डिङ पोस्ट

Ncell