PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्री ओलीले गरे घोषणा : आजदेखि देश खुल्ला दिसामुक्त



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले गरे घोषणा : आजदेखि देश खुल्ला दिसामुक्त

काठमाडौं : नेपाल खुल्ला दिसामुक्त भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज राजधानीको राष्ट्रिय सभामा आयोजित एक कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्। यससँगै नेपाल दक्षिण एशियाकै खुल्ला दिसामुक्त पहिलो राष्ट्र बनेको छ। देशको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्की हो।

यसले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा एउटा खुड्किलो थपेको प्रधानमन्त्री ओलीले बताए। छिट्टै नै नेपाललाई सडकमानवमुक्त वा भिखारी मुक्त घोषणा गर्ने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सम्झिए जेलको शौचालय

प्रधानमन्त्री ओलीले आफू जेलमा परेका बेला जेलका शौचालयको अवस्था कस्तो थिए भन्ने पनि सम्झिए। उनले सम्झिए, 'जेलको छेउमा एउटा शौचालय थियो। त्यसमा लाइन बसेर शौच विसर्जन गर्नुपर्थ्यो। पछि जेलको एउटा कोठामा शौचालय बनायौं। त्यहाँ पनि लाइन बस्नुपर्थ्यो। त्यस्तो अवस्थाबाट अहिले हामी देशलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने ठाउँसम्म आइपुगेका छौं।'

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा सबैभन्दा समस्या पक्की ट्वाइलेट बनाउन नसक्नु रहेको बताए। तैपनि कर्णाली खुल्ला दिशामुक्त बनेकोमा आशंका नगर्न मुख्यमन्त्री शाहीले आाग्रह गरे। उनले एक घर एक धारा पनि कर्णालीका सबै स्थानमा पुर्‍याउन नसकिएको स्वीकार गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell