PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

देशलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्दै प्रधानमन्त्रीले भने,' छिट्टै देशलाई भिखारी मुक्त बनाउँछौ'



कुञ्जरमणि भट्टराई

देशलाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्दै प्रधानमन्त्रीले भने,' छिट्टै देशलाई भिखारी मुक्त बनाउँछौ'

काठमाडौं : सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दिसामुक्त घोषणा गरे। राजधानीको राष्ट्रिय सभामा आयोजित एक कार्यक्रममा नेपाललाई खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन्।

उनले त्यति मात्र होइन छिटै भिखारी मुक्तको घोषणा समेत गर्न दावी गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने 'छिट्टै नै नेपाललाई सडक मानवमुक्त वा भिखारी मुक्त घोषणा गर्छौं।'

खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेसँगै नेपाल दक्षिण एशियाकै पहिलो खुल्ला दिसामुक्त राष्ट्र बनेको छ। नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला भने कास्की हो।

यसले 'समृद्ध नेपाल सुखी नेपाली'को लक्ष्यमा एउटा खुड्किलो थपेको प्रधानमन्त्री ओलीले बताए।

प्रधानमन्त्री ओलीले सम्झिए जेलको शौचालय

प्रधानमन्त्री ओलीले आफू जेलमा परेका बेला जेलका शौचालयको अवस्था कस्तो थिए भन्ने पनि सम्झिए। उनले सम्झिए, 'जेलको छेउमा एउटा शौचालय थियो। त्यसमा लाइन बसेर शौच विसर्जन गर्नुपर्थ्यो। पछि जेलको एउटा कोठामा शौचालय बनायौं। त्यहाँ पनि लाइन बस्नुपर्थ्यो। त्यस्तो अवस्थाबाट अहिले हामी देशलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने ठाउँसम्म आइपुगेका छौं।'

कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा सबैभन्दा समस्या पक्की ट्वाइलेट बनाउन नसक्नु रहेको बताए। तैपनि कर्णाली खुल्ला दिशामुक्त बनेकोमा आशंका नगर्न मुख्यमन्त्री शाहीले आाग्रह गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell