PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

ने क पालाई शेखर कोइरालाको चेतावनी, 'गुन्डाराजको शैलीमा उत्रन थालेका कम्युनिस्टहरुको दिनगन्ती शुरु भयो'



पहिलोपोस्ट

ने क पालाई शेखर कोइरालाको चेतावनी, 'गुन्डाराजको शैलीमा उत्रन थालेका कम्युनिस्टहरुको दिनगन्ती शुरु भयो'

चितवन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिले कम्युनिस्टका नाममा नवमण्डलेहरुको जन्म भएको बताएका छन्। कोइरालाले कांग्रेसकाविरुद्ध ने क पा गुन्डाराजको शैलीमा उत्रन थालेकाले अब कम्युनिस्टको दिनगन्ती शुरु भएको पनि बताए। कोइरालाले कम्युनिस्टको राज्य आतंकविरुद्ध एकजुट भएर प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन समेत दिए।

नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने, 'ने क पाका हतियारधारी कार्यकर्ताहरुले  बाँके कांग्रेसकी सभापतिको हात भाँचिदिए। तनहुँमा हाम्रा पार्टीका नेताहरु मिनेन्द्र रिजाल र ध्रुव वाग्लेमाथि आक्रमण गरे। यही चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरे। शाही कुन पार्टीका हुन् त्यो सरोकार भएन तर एउटा नेपाली नागरिकले स्वतन्त्र रुपले आफ्ना कुरा राख्न पाउने कि नपाउने?'

कोइरालाले कुनै पनि नेपाली नागरिक, पार्टीका कार्यकर्ता र नेतामाथिको आक्रमण कदापी सहृय नहुने बताए।

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले वर्तमान सरकारले लोकतान्त्रिक मूल्य र मान्यता कुल्चँदै गएको बताए। सरकारले संवैधानिक निकायहरुलाई प्रधानमन्त्रीको लाचार छाया बनाउँदै फासिस्ट शैली स्थापित गर्न खोजेको आरोप पाण्डेले लगाए।

कार्यक्रममा कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पूर्वसभापतिहरु टेकप्रसाद गुरुङ र रामकृष्ण घिमिरे, मकवानपुर कांग्रेसका पूर्वसभापतिहरु रघुरमण न्यौपाने र रामचन्द्र अर्याललगायतले कांग्रेसको अहिलेको नेतृत्व कम्युनिस्टकाविरुद्ध लड्न नसकेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell