
काठमाडौं : आफूलाई भ्रष्ट्राचार अभियान्ता भएको दावी गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको आक्रमणबारे सामाजिक सञ्जालमा नेताहरुबीच जुहारी चलिरहकेको छ। चितवनको भरतपुरस्थित चौबिसकोठीमा भएको कार्यक्रममा भाग लिन शनिबार त्यहाँ पुगेका शाहीमाथि आक्रमण भएको थियो।
उक्त घटनाबारे समाजिक सञ्जालमा थुप्रै नेताहरुले विरोध जनाइरहेका छन्। यसबीच प्रमुख प्रतिपक्षी दलका प्रवक्ता विश्वप्रकाश शर्माले पर्यटनमन्त्री योगेश भट्टराईलाई सरकारमा बसेर अरुभन्दा फरक बन्न सुझाव दिएका छन्। शर्माले प्रतिपक्षलाई अराजक नदेख्न चेतावनीसमेत दिएका छन्।
पर्यटनमन्त्रीले आइतवार सामाजिक सञ्जाल फेसबुकमा लोकतन्त्रवादीले अरजकतावाद्को घोडा चढ्न नसुहाउने भन्दै स्ट्याटस पोस्ट गरेका थिए।
मन्त्री भट्टराईले फेसबुकमा लेखेका छन्, 'लोकतन्त्रवादीले अरजकतावाद्को घोडा चढ्न सुहाउँदैन। यो सिंहमाथि सवार हुनुजस्तै हो। चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन जोखिम।'
उक्त स्टाटसको जवाफमा शर्माले ट्वीटरमा भट्टराईलाई मेन्सन गर्दै भनेका छन्, 'तपाईं अलि फरक बन्नोस्, सरकारमा बसेर तीतो बोल्ने `बहादुरी´ अरुले गरिरहेकै छन् नि! अधिनायक आकांक्षाको घोडामा थपिएर सालिन प्रतिपक्षलाई अराजक देख्न थाल्दाचैं कमरेड म सम्झन्छु ०४८-०५० को प्रतिपक्षको ध्वंस! के गरुँ शब्द परिभाषा बुझ्न `डिक्सनरी´ पार्सल गरुँ?'
तपाईं अलि फरक बन्नोस् @yogesbhattarai सरकारमा बसेर तितो बोल्ने `बहादुरी´ अरुले गरिरहेकै छन् नि !
— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 30, 2019
अधिनायक आकांक्षाको घोडामा थपिएर सालिन प्रतिपक्षलाई अराजक देख्न थाल्दाचैं कमरेड म सम्झन्छु ०४८-०५० को प्रतिपक्षको ध्वंस !
के गरुँ शब्द परिभाषा बुझ्न `डिक्सनरी´ पार्सल गरुं ?
आक्रमणबाट शाहीको टाउकोमा चोट लागेको थियो। चितवन मेडिकल कलेजमा उपचार गराएर थप उपचारका लागि शाहीलाई शनिबार नै काठमाडौं ल्याइएको थियो।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा, समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, कांग्रेसका केन्द्रीय सदस्यहरु गगन थापा र प्रदीप पौडेललगायतले उक्त उक्त घटनाको विरोध गर्दै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन्।