PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

ट्राफिक नियम सिकाउन कलाकारहरु उत्रे सडकमा

ट्राफिक नियम सिकाउन कलाकारहरु उत्रे सडकमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: अहिले सुन्तला रंगको ज्याकेट लगाएका केही व्यक्ति सडकमा पैदलयात्रुलाई जेब्राक्रसिङबाट बाटो काट्न सहयोग गरिरहेको देख्न सकिन्छ। बानेश्वर, जमल, चावहिल लगायत व्यस्त शहरमा ट्राफिक प्रहरीसँगको सहकार्यमा करिब पाँच सय ट्राफिक स्वयंसेवकको रुपमा परिचालन गरेको छ।

यसैबीच नेपाल कलाकारहरुले आज ट्राफिक स्वयंसेवकको रुपमा खटेर काम गरे। नेपाल चलचित्र कलाकार संघका सदस्य सम्मिलित समूहमा कोटेश्वर र बानेश्वरमामा स्वयंसेवकको भूमिकामा देखिए।

स्वयम सेवकको रुपमा भुवन केसी , शिव श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थिति थियो। यसरी सडकमा खटिएका स्वयंसेवकले जेब्रा क्रसमा पैदल यात्रुलाई सहयोग र ज्ञान दिने, आकासेपुल र फुटपाथको प्रयोगबारे जानकारी दिने, यात्रु चढ्ने र ओर्लिने प्रतीक्षालयमा लामबद्ध भएर सवारीमा चढ्न र ओर्लिन मद्दत गर्ने काम गरेका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, राष्ट्रिय युवा परिषद तथा युएन नेपालको आयोजनामा १५ दिने स्वयंसेवक परिचालन कार्यक्रम गरिएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell