PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चीनको ७० औं स्थापना दिवसको पूर्व सन्ध्यामा हेर्नुस् यसरी मनाइयो शहीद दिवस

चीनको ७० औं स्थापना दिवसको पूर्व सन्ध्यामा हेर्नुस् यसरी मनाइयो शहीद दिवस

विधुर ढकाल/पहिलोपोस्ट


सिचुवान: जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको पूर्व सन्ध्यामा चीनमा शहीद दिवस मनाइएको छ।  चिनियाँ राष्ट्रपति सी जिङपिङसहित चिनियाँ कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरुले बेइजिङस्थित थियानमन स्क्वायरमा पुगेर शहीदप्रति श्रद्धान्जली व्यक्त गरे। सीसँगै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि उपस्थित थिए। 

जनगणतन्त्र चीनको ७० औं स्थापना दिवस मंगलवार मनाइँदै छ। दिवसको अवसरमा साताव्यापी रुपमा राष्ट्रिय बिदा दिइएको छ। शहीदको सम्मानमा चार हजार बढी प्रतिनिधिहरुले शहीद स्मारक अगाडि सम्मान प्रकट गर्न पुगेका थिए। १९४९ मा जनगणतन्त्र चीनको स्थापना भएको उपलक्ष्यमा हरेक वर्ष चीनले स्थापना दिवस मनाउँदै आएको छ। थियानमियान स्क्वायरमा शहीद स्मारकको निर्माण थालनी सेप्टेम्बर ३०, १९४९ मा सुरु भएको थियो। गत २०१४ मा चिनियाँ जनकंग्रेसले सेप्टेम्बर ३० लाई शहीद दिवस मनाउने निर्णय गरेको थियो।  शहीदप्रति श्रद्धान्जली अर्पण गर्नु अगाडि राष्ट्रपति सी सहितका नेताहरु अध्यक्ष माओ स्मृति हलमा पुगेका थिए। त्यहाँ उनीहरुले माओको बसिरहेको शालिक अगाडि तीन पटक शीर निहुराएर सम्मान प्रकट गरेका थिए।

यसैबीच सिचुवान स्थित छेन्दुमा रहेको थियानफू स्क्वायरमा पनि माओको शालिक अगाडि शहीदहरु प्रति सम्मान गरिएको छ। त्यहाँ भेला भएका सर्वसाधारणसहित चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुले  शहीदहरु प्रति श्रद्धान्जली व्यक्त गरेका थिए।  चिनियाँ स्थापना दिवसको अवसरमा चीनका शहरहरु रातो झण्डाले सझिएका छन्। बच्चादेखि वृद्धसम्मले रातै झण्डा बोकिरहेको पाइन्छ। हेर्नुस् : 



ट्रेन्डिङ पोस्ट

Ncell