
इङलिस प्रिमियर लिगकाे गएराति भएकाे खेलमा म्यानचेस्टर युनाइटेड र आर्सनल बराबरीमा राेकिएका छन्।
युनाइटेडले अाफ्नै घरेलु मैदानमा भएकाे खेलमा अार्सनलसँग १-१ काे बराबरी खेल्दै अंक बाँडेकाे हाे। खेलकाे पहिलाे हाफमा युनाइटेड १-० ले अगाडि रहे पनि दाेस्राे हाफमा अार्सनल खेलमा फर्कंदै बराबरी गरेकाे थियाे। युनाइटेडका म्याक टाेमिनेले पहिलाे हाफकाे अन्तिम समयमा गाेल गरेका थिए।
तर, दाेस्राे हाफमा अबुमियाङले अार्सनलका लागि गाेल गर्दै खेल बराबरीमा ल्याए। उनले ५८ अाै मिनेटमा गाेल गरेका थिए। दाेस्राे हाफमा दुवै टिमले अाक्रमणकाे प्रयास गरे पनि गाेल गर्न सकेनन्। र, खेल १-१ काे बराबरीमा राेकियाे।
खेलमा अंक अंक बाँडेसँगै अार्सनल तालिकाकाे चाैथाे स्थानमा छ भने म्यानचेस्टर युनाइटेड दशाैं स्थानमा छ।
तालिकामा लिभरपुल जारी सिजन अपराजित रहँदै शीर्ष स्थानमा छ। त्यस्तै म्यानचेस्टर सिटी दाेस्राे र लेस्टरसिटी तेस्रो स्थानमा छन्।