PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

एशियाली शारीरिक सुगठनमा रजत पदक जितिन् रजनी श्रेष्ठले



पहिलोपोस्ट

एशियाली शारीरिक सुगठनमा रजत पदक जितिन् रजनी श्रेष्ठले

काठमाडौं: एसियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स च्याम्पियनसिपमा नेपालकी रजनी श्रेष्ठले सोमवार रजतसहित दुई पदक जितेकी छिन्। इन्डोनेसियाको बाताममा भएको प्रतियोगतामा श्रेष्ठले ५५ केजी तौल समूहमा रजत तथा ३० वर्षमाथिको इभेन्टमा कास्य पदक जितेकी हुन्।

पहिलो अन्तर्राष्ट्रिय सहभागितामा पदक जितेकी ३६ वर्षीया श्रेष्ठ एक छोराकी आमा हुन्। उनले ५५ केजी तौल समूहमा भियतनामकी तोन होया खान लानलाई हराएकी थिइन्। अन्तर्राष्ट्रिय स्तरमा रजत जितेकी श्रेष्ठलाई राजेशबाबु श्रेष्ठले डेढ लाख रुपैयाँ नगद पुरस्कार दिने भएका छन्। उद्योगी राजेशबाबु एशिया शारीरिक सुगठन तथा फिजिक्स स्पोर्ट्स महासंघको समेत उपाध्यक्ष हुन्। उनी मनकामना केवलकारका प्रवन्ध सञ्चालक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell