'वर्षमा दिनमा लैलै
हर्षका गीत यी लैलै
दशैं तिहार चाड र बाड
खुसीले सारा झुम्यो नि संसार'
आठ वर्षअघि सार्वजनिक यो गीत त्यस यता हरेक दशैंको आगमनसँगै गुञ्जन थाल्छ। सुगम पोखरेलले गाएको उक्त गीत दशैंको पर्याय झै बनेको छ। त्यस्तै बीच सुगमले नयाँ गीत सार्वजनिक गरेका छन्।
उनले आफ्नी छोरी एन्जेलिजा पोखरेलसँगै स्वर रहेको 'शुभ दशैं' बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा शब्द, संगीत पनि सुगमकै रहेको छ। संगीत संयोजन भने सन्नी सुनामले गरेका हुन्।
गीतको भिडियोमा सुगम र एन्जेलिजा फिचर्ड छन्। सतिस श्रेष्ठ र बलराम बुढाथोकीले खिचेको भिडियोको सम्पादन र निर्देशन भने सतिश श्रेष्ठले गरेका हुन्।