PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

ने क पा को सचिवालय बैठकको निर्णय : सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव



कुञ्जरमणि भट्टराई

ने क पा को सचिवालय बैठकको निर्णय : सभामुख महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को आज आकस्मिक बसेको सचिवालय बैठकले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन सुझाव दिने निर्णय गरेको छ।

सभामुख महरामाथि लागेको बलात्कारको आरोपका विषयमा सचिवालय बैठकमा छलफल भएको थियो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ने क पा प्रवक्ता नारायणकाजी श्रेष्ठले नैतिकताको आधारमा सभामुखलाई राजीनामा दिन सुझाव दिने बैठकले निर्णय गरेको बताए।

सभामुख महरामाथि संघीय संसद सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ।

स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतबार राति आफ्नै कोठामा आएर ‘मदिराको मातमा सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell