PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

'वर्ल्ड नेपाली म्युजिक अवार्ड' अमेरिकामा हुँदै, १८ विधामा बाँडिनेछ अवार्ड



पहिलोपोस्ट

'वर्ल्ड नेपाली म्युजिक अवार्ड' अमेरिकामा हुँदै, १८ विधामा बाँडिनेछ अवार्ड

काठमाडौं: ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ अमेरिकाको न्युयोर्कमा हुने भएको छ। नोभेम्बर २३ मा हुने अवार्ड समारोहका लागि उत्कृष्ट १० को सूची सार्वजनिक भएको छ। १८ विधामा वितरण हुने अवार्डका लागि मनोनीत सम्पूर्ण कलाकारलाई प्रमाण पत्र दिइएको छ।

उत्कृष्ट १० मा परेका कलाकारहरु अबको दोस्रो चरणमा उत्कृष्ट तीनका लागि छनोट हुनेछन्। जसका लागि निर्णायक र भोटिङको आधारमा छनोट गरिनेछ। आयोजक वर्ल्ड कनेक्सन युएस इन्कका उपाध्यक्ष दावा शेर्पाका अनुसार सेप्टेम्बर २९ गतेदेखि विश्वभरिबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका कलाकारहरुलाई निर्णायकको तर्फबाट ३० प्रतिशत, एसएमएस भोटिङबाट ४० प्रतिशत, सोसल मिडियाबाट २० प्रतिशत र अनलाइन भोटिङबाट १० प्रतिशत अंकसहित उत्कृष्ट तीन हरेक विधाबाट चुनिनेछन्।

उत्कृष्ट तीनमा पर्न सफल कलाकारहरु मात्र फाइनल अवार्ड समारोहका लागि अमेरिका जानेछन्। गायक प्रेमध्वज प्रधानले प्रमाणपत्र हस्तान्तरणसहित नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याएको भन्दै आयोजकलाई धन्यवाद ज्ञापन गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell