PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

जबर्जस्ती करणीको आरोप लागेका सभामुख महराले दिए राजीनामा, भने 'नैतिकताका आधारमा राजीनामा दिएको छु'



पहिलोपोस्ट

जबर्जस्ती करणीको आरोप लागेका सभामुख महराले दिए राजीनामा, भने 'नैतिकताका आधारमा राजीनामा दिएको छु'

काठमाडौं: प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्।

मंगलवार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले सचिवालय बैठकको सुझाव अनुसार महराले राजीनामा दिएका हुन्। सभामुख महराले उपसभामुखलाई मंगलवार दिउँसो राजीनामा बुझाएका हुन्।

सभामुख महरामाथि संघीय संसद् सचिवालयमा काजमा कार्यरत एक महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि राजनीति तरङ्गित भएको छ। नैतिकताको आधारमा आफूले आजको मितिबाट अनुसन्धान नसकिँदासम्मको लागि राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ।

स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आइतवार राति आफ्नै कोठामा आएर 'मदिराको मातमा' सभामुख महराले जबर्जस्ती गरेको आरोप लगाएकी हुन्।

राजीनामा पत्र :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell