
काठमाडौं : अमेरिकी दूतावास र सेरकास्ट इनिसिएटिभको संयुक्त पहलमा भएको खोज पत्रकारिता लेखनवृत्तिमा उत्कृष्ट ठहरिएकी पत्रकार सविता श्रेष्ठले दुई लाख नगदसहित राष्ट्रिय पुरस्कार पाएकी छिन्। श्रेष्ठ नागरिक दैनिकसँग आबद्ध छिन्।
लेखनवृत्तिमा सहभागी भएकामध्येबाट सात प्रदेशबाट एकएक जना उत्कृष्ट पत्रकार छानिएका थिए। ती छानिएकामध्येबाट पनि एक जनालाई उत्कृष्ट घोषणा गरिएको हो।
२ सय ८७ जना लेखन परामर्श, कार्यशाला र लेखन कार्यमा सहभागी थिए। तीमध्येबाट पहिलो चरणमा २४ जना छानिएका थिए। ती सबैले लेखनवृत्तिबापत् जनही ३० हजार रुपैयाँ पाएका थिए। त्यसबाहेक हरेक प्रदेशमा उत्कृष्ट खोज समाचार तयार पारेबापत् एक/एक जनालाई थप ७० हजार रुपैयाँ लेखनवृत्ति दिइएको थियो।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले दुई लाख पाउने श्रेष्ठ तथा हरेक प्रदेशबाट उत्कृष्ट ठहरिएका पत्रकारलाई जनही ७० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेका थिए।