PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सामाजिक सञ्जालको दुरुपयोगले समाजलाई असभ्य बनायोः प्रधानमन्त्री



पहिलोपोस्ट

सामाजिक सञ्जालको दुरुपयोगले समाजलाई असभ्य बनायोः प्रधानमन्त्री

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको दुरुपयोगले समाज नै असभ्यतातिर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताएका छन्।

मंगलवार बालुवाटारमा आयोजित शान्ता चौधरी र भगवती न्यौपानेको गीत विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा नकारात्मक कुराहरुले स्थान पाइरहेको बताए।

उनले भने 'एकाथरी मान्छेहरु छन्, खाइपाइ खोसिएका शासन आफ्नो ठेक्का ठान्नेहरु अहिले सामाजिक सञ्जालमा अरुलाई गाली गर्दा बहादुरी ठान्ने। हाम्रो सभ्य भाषा र मर्यादाको ख्याल नगर्ने। समाजमा नकारात्मकता फैलाउने। काम नगर्ने तर किनारमा हेरेर बस्ने।'

ओलीले सरकारका राम्रा कामहरुको प्रचार गर्न पनि आग्रह गरे। नकारात्मक कुराहरुले चर्चा पाइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे। सकारात्मक सोचको विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell