PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

किन विश्वबाट अझै ध्यान चाहिरहेको छ चीन?



पहिलोपोस्ट

किन विश्वबाट अझै ध्यान चाहिरहेको छ चीन?

अक्टोबर १ मा चीनले आफ्नो ७०औँ जन्मदिन मनाएको छ। यो ऐतिहासिक घडीमा उभिएर चीनले के सोचिरहेको छ? विश्वसँगको आफ्नो सम्बन्ध कस्तो हुने र विश्वमा आफ्नो स्थान के हुने?

‘आजको चीन चीनको मात्र चीन होइन। यो एसियाको पनि चीन हो र विश्वको पनि’, जनगणतन्त्र चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष सी जिङपिङले बाँकी विश्वसँगको सम्बन्धबारेमा भनेको अभिव्यक्ति हो यो। यसले के पुष्टि गर्छ भने चीन यस क्षेत्रको मात्र होइन बाँकी विश्वसँग पनि चीनको धारणालाई महत्त्व दिएको छ। त्यस्तै विश्वसँगको चलायमान सम्बन्धका बारेमा पनि सीको अभिव्यक्तिले स्पष्ट पार्छ।

पछिल्लो ७० वर्ष नयाँ चीनमा के भए? यो ७० वर्षलाई पछाडि फर्केर हेर्दा चीनसँग आफ्नो अभियान र आफ्नो नियन्त्रित लक्ष्य रहेको पुष्टि गर्छ।  र यो बाँकी विश्वसँग अलग छैन। चीनको नयाँ युग प्रवेशसँगै यसले विश्वसँग संवादलाई अगाडि बढाएको छ।

हामीले पछिल्ला केही वर्षहरूलाई नियाल्दा पनि यसले पुष्टि गर्छ। एउटा गरिब देशबाट विश्वको दोस्रो ठूलो अर्थतन्त्र, औद्योगिक विकासदेखि वैज्ञानिक अर्थतन्त्र र समाज परिवर्तनतर्फ, आधुनिकीकरणको मौलिक मार्गतर्फ, भोकमरीदेखि सभ्य समाजतर्फ; चीनले हासिल गरेको यी उपलब्धिहरू आकाशबाट बर्सिएका फल होइनन्। न त कुनै दानमा उपलब्ध दक्षिणा नै हुन्। यी सबै चीन आफ्नै मिहेनतले हासिल गरेका उपलब्धि हुन्। यो एउटा सङ्घर्षको कविता जस्तै लाग्छ।

चीन आज एउटा उचाइमा पुगेको छ। समृद्ध र शक्तिशाली बनेको छ। आधुनिक समाजवादी शक्ति निर्माण तथा महान् उपलब्धि हासिल गर्नु एउटा रिले दौड जस्तै लाग्छ। एउटा लठिसँगै पालैपालो दौडनु र हरेक पुस्ता असल नतिजाका लागि एकपछि अर्को गर्दै दौडनु उस्तै-उस्तै हुन्।

यो ७० वर्षको चिनियाँ विकासको प्रक्रियालाई नियाल्दा विश्वले झेलिरहेको जलवायु परिवर्तनलाई नजरअन्दाज गर्न सकिँदैन। विश्वलाई तनावमा पारिरहेको छ। यस्तोमा अर्कोतर्फ अन्तर्राष्ट्रिय अर्थतन्त्रलाई नजिकबाट नियालिरहेको र आर्थिक विश्वव्यापीकरणसँगै सबै प्रकारका कूटनीतिक अभ्यासहरू पनि चीनले गरिरहेको छ। पछिल्लो ७० वर्षमा चीनले हासिल गरेका उपलब्धि विश्वले नियालिरहेको समय र अवस्था अनुसार नै अगाडि बढेका हुन्। अहिलेको विश्वको अवस्थामा चीनको पछिल्लो विकास विश्वबाट अलग राख्न सकिँदैन। वित्तीय भूमण्डलीकरणका लागि चीन फाइदाजनक छ। अहिले विश्वले संरक्षणवाद र एकात्मकवादको हावा झेलिरहेको छ। यसले समानता र भिन्नता छुट्ट्याउन थालेको छ। हामी विकासको फरक धरातलमा उभिएका छौँ। हाम्रा स्वार्थहरूमा भिन्नता छन्। केही विषयहरूमा हाम्रा विचारगत भिन्नता छन्। यो सामान्य हो तर महत्त्वपूर्ण के हो भने यही अवस्थामा पनि साझेदारीको मार्गमा अगाडि बढ्नु।

यो ७० वर्षमा चीन र बाँकी विश्वबीचको सम्बन्धलाई नियाल्दा के देखिन्छ भने यो सम्बन्ध ‘विश्व चीनतिर’ र ‘चीन विश्वतिर’ कुदिरहेको छ। विश्वका मञ्चहरूमा सर्वसाधारणको ध्यान चीनतिर नै केन्द्रित छ। केही विदेशी सञ्चारमाध्यमहरूले चीनतर्फ लक्षित गरी भन्ने गरेका छन् ‘विश्वको विचारले चीन बदलिनुपर्थ्यो तर चीनले यस्तो प्रगति गर्‍यो कि विश्व नै परिवर्तन गराइदियो।’

‘चीनको लागि विश्व’पहिला आफू थियो। चीनले पहिला आफ्नो लागि राम्रो गर्‍यो। जसले विश्वलाई फाइदा पुर्‍यायो। यसले के देखाउँछ भने विकासशील देश चीनले पहिला आफ्नो विकासलाई प्राथमिकतामा राख्यो। ७०० मिलियन जनता गरिबीबाट मुक्त हुँदा विश्वमा गरिबीको दर पनि घट्यो। चीनको यो अनुभव बाँकी विकासशील देशहरुका लागि पनि एउटा पाठ हो।

अहिले चीनका लागि विश्व भनेको हामीमा प्रतिविम्बित हुँदैछ। चीनको विकासको रेल यात्रामा सबै देशलाई स्वागत छ। विकास साझेदारीका लागि विश्वका लागि ढोका खुला छ। चीनले अहिले अन्तर्राष्ट्रिय सम्पर्कको नयाँ आयामको वकालत गरिरहेको छ। यसले के देखाउँछ भने चीनले चीनले विश्वलाई भौतिक बस्तु, संस्थागत तथा वैचारिक आयामहरूबाट नियालिरहेको छ। यी विचारहरू उपलब्धिका लागि बेल्ट एन्ड रोड इनिसिएटिभको माध्यमबाट चीनमा ढोका खुला गरिएको छ।

चिनियाँ राष्ट्रपति सीले अझ अगाडि भनेका छन्- ‘चीनले भविष्यमा थप खुला हृदयले अँगाल्ने छ। र विश्वलाई एउट समृद्ध सभ्यता निर्माणमा सहयोग गर्नेछ।’ यो एउटा विश्वका लागि अनन्तकालसम्म रहने विचार मात्र होइन कि विश्वलाई भविष्यमा चीनतर्फ आकर्षित गर्ने माध्यम पनि हो।

सीले आर्थिक विकास र राष्ट्रिय मानसिकतालाई थप खुला गर्दै साथीहरू माझ खुला अर्थतन्त्रको विकासमा सहयोग गर्नुपर्ने पहिलो आवश्यकता देखेका छन्। त्यस्तै उनले दोस्रो रूपमा विश्वव्यापी बौद्धिक क्षेत्र तथा सार्वजनिक उत्पादनमा योगदान पुर्‍याउनुलाई देखेका छन्। उनले पूर्वीय सभ्यतालाई अगाडि बढाउन खोजेका छन्। ‘हामीले विश्वव्यापी असल शासनलाई बढावा दिनुपर्छ। सकारात्मक ढङ्गले हामीले चिनियाँ विकासको अवधारणालाई अगाडि बढाउनुपर्छ। यसले चिनियाँ संस्कृति तथा मानवीयतालाई अगाडि बढाउने छ,’ उनले भनेका छन्।

विकाससँगै अहिले विश्वले साझा चुनौतीहरूको सामना गरिरहेको छ। एउटा ‘सुन्दर ग्रह’ निर्माण रातारात सम्भव छैन। न कि यो कुनै एक वा दुई देशको सामर्थ्यले सम्भव छ। एक्लै हिँड्नु छिटो त होला तर सबै साथमा हिँड्नुपर्छ। चीनको विश्वले अझ विश्वबाट ध्यान चाहिरहेको छ।

आजको चीनमा उभिएर र भोलिको चीनका लागि अगाडि बढ्दै गर्दा चीन र विश्वको सामाञ्जस्यता अगाडि बढ्दा लाग्छ हरेक बस्तुले जीवन पाएको छ। हरेकले मार्ग पाएका छन्। र लाग्छ सद्भावको हावा पूर्वबाट बेगले चलिरहेको छ।

चाइना न्युज नेटवर्कमा प्रकाशित सामाग्रीको विधुर ढकालले गरेको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell