PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

१६ तोला सुनसहित चाबहिलबाट दुई जना पक्राउ



पहिलोपोस्ट

१६ तोला सुनसहित चाबहिलबाट दुई जना पक्राउ
फाइल फोटो

काठमाडौँः नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई म‌गलवार साँझ पक्राउ गरेको हो।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।

“त्रिभुवन विमानस्थलबाट पास भएर चावहिल ल्याइसकेको अवस्थामा पक्राउ गरेका हौँ”, उनले भने।

पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त सुनको मूल्य १२ लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैलाई थप अनुसन्धान र कारवाहीका लागि राजस्व कार्यालय पठाएको वृत्तले बताएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell