PahiloPost

Jun 30, 2026 | १६ असार २०८३

ऋतिक रोशन र टाइगर श्राफको बहुप्रतीक्षित फिल्म 'वार' बुधवारै रिलिज



पहिलोपोस्ट

ऋतिक रोशन र टाइगर श्राफको बहुप्रतीक्षित फिल्म 'वार' बुधवारै रिलिज
फोटोः वेब दुनिया

बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म 'वार' आजबाट प्रदर्शनमा आएको छ। बलिउडमा वारलाई यो वर्षकै सर्वाधिक बहुप्रतीक्षित फिल्मको रुपमा लिइएको छ।

ट्रेलर र गीतबाट राम्रो प्रतिक्रिया पाएसँगै फिल्मले पहिलो दिनमा भारतीय बक्स अफिसमा ४५ करोड भारतीय रुपैयाँको व्यापार पर्ने अनुमान गरिएको छ। एक्शन थ्रिलर जनराको यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्। फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्समा धेरै शोज पाएको वेब दुनियाले जनाएको छ।

ऋतिक र टाइगरले पहिलो पटक एउटै स्क्रिन शेयर गरेका छन्। वारलाई भारतको सबैभन्दा ठूलो ब्यानर यशराज फिल्म्सले निर्माण गरेको हो। फिल्ममा ऋतिक रोशन, टाइगर श्राफसँगै वानी कपूरको मुख्य भूमिका रहेको छ। फिल्ममा ऋतिकको शिष्यको रुपमा टाइगर देखिएका छन्।

साथै बलिउड फिल्म 'वार' नेपालमा पनि आजैबाट प्रदर्शनमा आएको छ। फिल्मले नेपालको मल्टिप्लेक्शमा पनि धेरै शोज पाएको छ। सामान्यतया बलिउड र नेपालमा शुक्रवार फिल्म रिलिज गर्ने प्रचलन छ तर बलिउड फिल्म 'वार' भने बुधवार नै रिलिज गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell