PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

वीरगन्ज-ठोरी हुलाकी सडकको काम कछुवाको गतिमा, २२ महिनामा जम्मा २३ प्रतिशत प्रगति



राधेश्याम पटेल

वीरगन्ज-ठोरी हुलाकी सडकको काम कछुवाको गतिमा, २२ महिनामा जम्मा २३ प्रतिशत प्रगति

वीरगन्ज : वीरगन्ज-ठोरी हुलाकी सडकको निर्माण सुस्त गतिमा भइरहेको छ । २२ महिना अगाडि सम्झौता भई निर्माण सुरु भएकोमा हालसम्म ६० प्रतिशत काम सकिनु पर्नेमा करिब २३ प्रतिशत मात्र निर्माण भएको हुलाकी सडक आयोजनाको वीरगन्ज कार्यालयले जनाएको छ।

६० किलोमिटरको वीरगन्ज-ठोरी सडकखण्ड २ अर्ब ११ करोड ८९ लाख रुपैयाँमा दुई भागमा अमर/पप्पु/कनटेक जेभीलाई ठेक्का दिईएको थियो। २०७४ मंसिर १ मा सम्झौता भएको आयोजना ०७७ जेठ २० सम्म निर्माण गरिसक्नु पर्नेछ।

आयोजनाका इन्जिनियर सुनिलकुमार गुप्ताका अनुसार ठेकेदार कम्पनीले विभिन्न बहाना बनाएर निर्माणमा ढिलासुस्ती गर्दै आएको छ । वीरगन्जदेखि चमरीटोलसम्मको ठेक्काको २१.३८ र चमरीटोलदेखि ठोरीसम्मको ठेक्काको २५.७ प्रतिशत भौतिक प्रगति भएको कार्यालयका प्रवक्तासमेत रहेका गुप्ताले जानकारी दिए।

भारतीय अनुदानमा निर्माण भइरहेको हुलाकी सडकको प्राविधिक कन्सल्ट्यान्टसमेत भारतीय कम्पनी नै नियुक्त भएको छ। परियोजनाको प्राविधिक कन्सल्ट्यान्ट भारतीय कम्पनी नेसनल हाइवेज एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन लिमिटेड हो।

ठेकेदारको ढिला सुस्ती र पटक पटकको बहानाले भारतीय कन्सल्ट्यान्टसमेत आजित बनेको छ। कन्सल्ट्यान्टका अनुसार जग्गा अधिग्रहण नभएको, विद्युतको पोल नहटेको, समयमा भुक्तानी नपाएको, खोलाबाट ढुंगा/गिट्टी नपाएको लगायतका समस्या देखाएर काम गर्न निर्माण कम्पनिले आलटाल गरेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell