PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

त्रिकोणात्मक टी–२० सिरिज : आज नेपालले आयोजक सिंगापुरको सामना गर्ने



पहिलोपोस्ट

त्रिकोणात्मक टी–२० सिरिज : आज नेपालले आयोजक सिंगापुरको सामना गर्ने

काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत नेपालले आज आयोजक सिंगापुरको सामना गर्दैछ।

नेपाल, सिंगापुर र जिम्बावेबीचको त्रिकोणात्मक सिरिजमा नेपालले सिंगापुरसंग प्रतिस्पर्धा गर्न लागेको हो। खेल आज साँझ ५:१५ बाट सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा हुनेछ।

सिरिजको दोस्रो खेलमा पारस खड्काको शतकीय इनिङको सहयतामा नेपालले सिंगापुरमाथि ९ विकेटको सहज जित निकालेको थियो। तर, पहिलो र तेस्रो खेलमा भने नेपाल जिम्बावेसँग पराजित भएको थियो।

अंक तालिकामा ३ खेलमा २ जित निकालेको जिम्बावे ४ अंकसहित शीर्ष स्थानमा छ। त्यस्तै ३ खेलमा १ जित र २ पराजयसँगै २ अंकका साथ नेपाल दोस्रो स्थानमा छ। आयोजक सिंगापुर भने २ खेलमा १ जित र १ पराजय भोग्दै २ अंक नै जोडेपनि रनरेटका आधारमा नेपालभन्दा पछाडि छ।

सिंगापुरले भोलि जिम्बावेको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell