PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

सुन लुटेको अभियोगमा पक्राउ परेका असई भन्छन्, 'साथीको बहकाउमा लागेर सुन लुटेँ'



पहिलोपोस्ट

सुन लुटेको अभियोगमा पक्राउ परेका असई भन्छन्, 'साथीको बहकाउमा लागेर सुन लुटेँ'

काठमाडौं : सुन लुटेको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रितम लामाले आफूले साथीको बहकाउमा लागेर लुटेको बताएका छन्।

मंगलवार प्रहरीले नियन्त्रणमा लिएका असई लामाले प्रहरीको प्रारम्भिक बयानमा आफूले गल्ती गरेको स्वीकार गरेका हुन्।

'मैले साथीको बहकाउमा लागेर लुटेको सुन फिर्ता गरिन। दशैं राम्रो हुन्छ फिर्ता नगर भन्दै साथीले उकासेका थिए,' एक प्रहरीले लामालाई उदृत गर्दै भने।

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत असई लामा फरार छन्। लामा घुमुवा टोलीमा रहेका थिए। अशोज ३ गते बौद्धमा करिव ६ सय ग्राम सुन लुटेर असई लामा फरार थिए।

'हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं। उसले आफूले गरेको गल्ती स्वीकार गरिसकेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले भने।

प्रहरीले लुटिएको मध्ये करिव १ सय ग्राम सुन बरामद गरेको डिएसपी बोगटीले जानकारी दिए। असई लामाको भागमा लुटिएको मध्ये १ सय ग्राम भागमा परेको थियो। सय ग्राम सुनको मुल्य करिव ५ लाख रुपैयाँ हुन आउँछ।

असई लामा काठमाडौंका नक्कली सुन देखाएर लुट्ने गिरोह नियन्त्रण गर्नमा सफल प्रहरी मानिदै आएका थिए। तर लामाको लुटेरा नर्बु भनिने टासी लाक्पा शेर्पासँग पनि सम्पर्क देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell