PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

चिनियाँ राष्ट्रपति आउनुपूर्व एयर चाइनाको बोइङले गर्‍यो परीक्षण उडान, विमानस्थल निरीक्षण गरेर फर्कियो जहाज



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति आउनुपूर्व एयर चाइनाको बोइङले गर्‍यो परीक्षण उडान, विमानस्थल निरीक्षण गरेर फर्कियो जहाज

काठमाडौं : चिनियाँ राष्ट्रपति सी जिङ पीङको नेपाल भ्रमणका लागि एयर चाइनाको बोइङ ७४७-८०० सिरीजको जहाजले परीक्षण उडान गरेको छ।

बुधवार गरिएको परीक्षण उडानमा जहाजको चालकदलको सहभागिता रहेको विमानस्थलले जनाएको छ।

'जहाजले आज दिउँसो परीक्षण उडान अन्तर्गत दिउँसो १:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। आज विमानस्थल परिसरभित्रको अवस्था निरीक्षण गरेर फर्केका छन्,' विमानस्थलका एक उच्च पदाधिकारीले भने।

विमानस्थलका अनुसार दिउँसो १:३० बजे आएको जहाजले दिउँसो ३:१० बजे पुन: चीन फर्केको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणपूर्व कूटनीतिक नियोगका तर्फबाट पटकपटक सुरक्षा जाँच हुने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell