PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

कर्मचारी नहुँदा बन्द रहेको बंकुल छोटी भन्सार ५ महिनापछि सञ्चालनमा



राधेश्याम पटेल

कर्मचारी नहुँदा बन्द रहेको बंकुल छोटी भन्सार ५ महिनापछि सञ्चालनमा

वीरगन्ज : रौतहटको बंकुलस्थित छोटी भन्सार कार्यालय पाँच महिनापछि सञ्चालनमा आएको छ। जनयुद्धका बेला केही समय बन्द भई सञ्चालनमा आए पनि विगत ५ महिनादेखि कर्मचारी नबस्दा समस्या भएको थियो।

त्यस क्षेत्रका व्यापारीले भारतबाट सामान आयात गरे पनि राजस्व काट्न नपाएर हैरान भएका थिए। अहिले स्थानीय प्रशासनको दबाबपछि गौर भन्सार कार्यालयबाट बंकुल छोटी भन्सार कार्यालयमा कर्मचारी खटाईएको छ। चोरी तस्करी बढेको भन्दै प्रशासनको दबाबपछि गौर भन्सार कार्यालयले कर्मचारी पठाएर कार्यालय सञ्चालन गरेको हो।

बंकुलमा पालैपालो कार्यालय सहायक बस्ने गरे पनि पछिल्लो ५ महिनादेखि एकजना पनि कर्मचारी बसेका थिएनन्। कर्मचारी नभएपछि भन्सार राजस्व प्रभावित भएको सुरक्षाकर्मीको ठम्याइ थियो। यो इलाकामा प्रहरीले तस्करी नियन्त्रण गर्न निकै कडाइ गरेको छ। कार्यालय २४ सै घण्टा खुला रहे पनि कर्मचारी नबसेपछि प्रहरीलाई तस्करी रोक्न कठिन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell