PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चाडपर्वको मौका छोपी पाकेटमार सक्रियः प्रहरी भन्छ- भीडभाड र सार्वजनिक सवारीमा सजग हुनुहोस्'



पहिलोपोस्ट

चाडपर्वको मौका छोपी पाकेटमार सक्रियः प्रहरी भन्छ- भीडभाड र सार्वजनिक सवारीमा सजग हुनुहोस्'
प्रतीकात्मक फोटो

काठमाडौं: दशैं तिहार जस्ता चाडपर्व लागेसँगै पाकेटमारहरु सक्रिय हुन थालेका छन्। सार्वजनिक सवारीसँगै पसल तथा भीडभाड र आर्थिक कारोबार हुने स्थानमा पाकेटमारको सक्रियता बढेको प्रहरीले जानकारी दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले केही दिनयता मात्र राजधानीमा पाकेट मार्ने २२ जना पाकेटमारलाई नियन्त्रणमा लिएको छ। सादा पोशाकमा खटिएका प्रहरीले २२ जना पाकेटमारलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।

राजधानीको गौशाला, न्युरोड, ठमेल, नयाँ बानेश्वर, नयाँ बसपार्क लगायतका क्षेत्रमा पाकेटमार बढी सक्रिय छन्। 'चाडपर्वमा पाकेटमारले भीडभाडको मौका छोपी पाकेट मार्ने गर्छन्। त्यस्ता ठाउँमा आफ्नो सामान र धनमालको सुरक्षामा ध्यान दिनुहोला,' डिएसपी बोगटीले भने।

दशैंमा सुरक्षाको लागि प्रहरीले सेन्ट्रल रेस्पोन्स भ्यान (सिआरभी), क्विक रेस्पोन्स टिम (क्युआरटी) र साइकलमा समेत प्रहरी परिचालन गरिसकेको छ। ८३ जनाको मोटरसाइकल गस्ती, ३५ साइकल गस्ती र ४६ मोटर गस्तीका साथै विभिन्न स्थानमा विभिन्न सुरक्षा पोस्ट खडा गरी सुरक्षा व्यवस्था मिलाएको छ। ११ स्थानमा प्रहरी सहायता कक्षसमेत खडा गरिएको छ। त्यस्तै ६७ ठाउँमा अस्थाई पिकेटको पनि व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell