PahiloPost

Nov 6, 2025 | २१ कात्तिक २०८२

जस्टिन र हेलीले गरे दोस्रो पटक विवाह 



पहिलोपोस्ट

जस्टिन र हेलीले गरे दोस्रो पटक विवाह 
फोटो : Christopher Polk/Getty Images ।

लस एन्जेलस : अमेरिकी गायक जस्टिन बिबर र मोडल हेली बाल्डविन दोस्रो पटक विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले सोमबार ३० अगस्टमा साउथ क्यारोलिनाको मोन्टेज पामेन्टो बल्फमा विवाह गरेका हुन्।

यो जस्टिन र हेलीको दोस्रो विवाह हो। यसअघि उनीहरुले २०१८ मा न्युयोर्कको कोर्ट हाउसमा गोप्य तरिकाले विवाह गरेका थिए। उनीहरुको विवाहमा केटी पेरी, किम कार्डशियन, कैमिला मोरानलगायतका १५७ हलिउड स्टार र मोडलहरु उपस्थित थिए।

जस्टिनले आफ्नो विवाहको तस्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेका छन्। सार्वजनिक तस्विरमा जस्टिनले विवाहको तस्विरसँगै पत्नी बाल्डबिनको बाल्यकालको तस्विर पनि शेयर गरेका छन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Looking forward to forever with you @haileybieber

A post shared by Justin Bieber (@justinbieber) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell