PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

असनको दशैं माहोल यस्तो: पसलदेखि फुटपाथमा किनमेल गर्नेको भिड, बाटो छिचोल्नै मुश्किल   

असनको दशैं माहोल यस्तो: पसलदेखि फुटपाथमा किनमेल गर्नेको भिड, बाटो छिचोल्नै मुश्किल   

रोजन श्रेष्ठ/पहिलोपोस्ट


देश दशैंमय भएको छ। दशैं मनाउन किनमेल गर्नेको घुँइचो लागेको छ मुख्य बजारमा। राजधानीका मुख्य असन क्षेत्र पनि यतिबेला ग्राहकले भरिभराउ देखिन्छ।

इन्द्रचोकदेखि जमलसम्मै फैलेको असन बजारका मुख्य पसलमात्र हैन, फुटपाथ पनि व्यापार गर्ने र किनमेल गर्नेको भीड अहिले देख्न सकिन्छ। जसले गर्दा बाटो छिचोल्न उत्तिकै मुश्किल हुन्छ।

कपडा, जुत्ता पसलमा ग्राहक झुम्मिरहेका देखिन्छन्। असनसँगै दशैंको कपडा किन्न महाबौद्ध, न्युरोड, खिचापोखरीमा पनि भीड देखिन्छ। यही माहोललाई पहिलोपोस्टले यसरी कैद गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell