
काठमाडौं : बलिउड सुपरस्टार अमिताभ बच्चनले एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन्। उनले आफूलाई मुस्कानको बारेमा कलेजको साथी उज्जवल विक्रम थापाले जानकारी दिएको भिडियोमा उल्लेख गरेका छन्।
भिडियो सन्देशमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै भनेका छन्, 'मुस्कान तपाई एकदमै साहसी केटी हो। मुस्कानको अर्थ हुन्छ, मुस्कुराउनु। तपाईको मुहारमा सधैँ मुस्कान छाओस्। तर जे जति भयो त्यो निकै पीडादायक छ।'
मुस्कान को लागि श्री अमिताभ बच्चन को सन्देश। pic.twitter.com/bgTnLb7MRc
— Ujjwal Bikram Thapa (@UjjwalBikram) October 2, 2019
अमिताभले मुस्कानको स्वास्थ्य लाभको कामना गर्दै आगामी दिनमा यस्तो घटना कोहीसँग पनि नदोहोरियोस् भन्दै कामना गरेका छन्।
यसअघि बलिउड अभिनेता वरुण धवन र नायिका कृति सेनोनले पनि मुस्कानलाई भिडियो सन्देश पठाएका थिए।