PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर बारामा पाँच जनाको मृत्यु



राधेश्याम पटेल

घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर बारामा पाँच जनाको मृत्यु

वीरगंजः बाराको फेटा गाउँपालिका ४ बतरामा अवैध घरेलु मदिरा बनाउने ट्याङ्कीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा जोगा मुखिया बिनकी श्रीमती, छोरी र भाई रहेका छन्। एक आफन्तको पनि मृत्यु भएको छ। 

बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा जोगा मुखिया बिन, उनकी श्रीमती लालमुनि देवी, छोरी १२ वर्षकी सुमनी देवी, जोगाका भाइ महेन्द्र मुखिया बिन र एक जना भारतीय आफन्त रहेका छन्। आफन्तको सनाखत हुन सकेको छैन। 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell