काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल र आयोजक सिंगापुर बीचको खेल वर्षाका कारण रद्द भएको छ।
वर्षाका कारण टस समेत हुन नसकेपछि नेपाल र सिंगापुरले अंक बाँडेका छन्। खेल आज साँझ ५:१५ बाट सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा हुने बताइएको थियो।
जारी सिरिजको दोस्रो खेलमा पारस खड्काको शतकीय इनिङको सहयतामा नेपालले सिंगापुरमाथि ९ विकेटको सहज जित निकालेको थियो।
तर, पहिलो र तेस्रो खेलमा नेपाल जिम्बावेसँग पराजित भएको थियो। उता सिंगापुरले भने जिम्बावेलाई हराएको थियो।
खेल नतजाविहीन बन्दा अंक तालिकामा ३ खेलमा २ जित निकालेको जिम्बावे ४ अंक सहित शीर्ष स्थानमा कायम छ। त्यस्तै ४ खेलमा १ जित र २ पराजय र १ नतिजाविहीन बनेसँगै ३ अंकका साथ नेपाल दोस्रो स्थानमा छ।
त्यस्तै, आयोजक सिंगापुर ३ खेलमा १ जित र १ पराजय र १ खेल नतिजाविहीन खेल्दै ३ अंकनै जोडे पनि रनरेटका आधारमा नेपाल भन्दा पछाडि छ।
सिंगापुरले भोलि जिम्बावेको सामना गर्नेछ।