PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

दशैको अवधिमा प्रहरीलाई लामो विदामा निषेध



पहिलोपोस्ट

दशैको अवधिमा प्रहरीलाई लामो विदामा निषेध

काठमाडौं : दशैँमा प्रहरीले लामो बिदा नपाउने भएका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालले बिदा नदिनको लागि सातै प्रदेशमा रहेको प्रहरी कार्यालयलाई पत्रचार गरेको छ। दशैँमा शान्ति सुरक्षालाई ध्यानमा राख्दै बिदा नदिने निर्णय भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

'दशैँमा पहिले पनि बिदा दिने प्रचलन थिएन। तर यसपट झनै अत्याआवश्यक बाहेक सम्पूर्ण बिदा कटौती गरिएको हो,' डिआइजी पोखरेलले भने।

यसपटक दशैँको बिचमा नै प्रहरी दिवस परेको छ। अशोज २४ गते प्रहरीले 'पुलिस डे' मनाउँदै छ। त्यस्तै दशैँ सकिए लगतै चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमण रहेको थप सुरक्षा व्यवस्था मिलाउनु पर्ने भएकाले पनि दशैँमा बिदा नदिने भएको हो।

'पुलिस डे र चिनियाँ राष्ट्रपतिको भ्रमण भएकाले पनि यसपटक पहिले जस्तो धेरै प्रहरीले बिदा पाउँदैनन्,' डिआइजी पोखरेलले पहिलोपोस्टसँग भने।

बिरामी बिदा, काजक्रिया बिदालगायत अन्य बिदा भने पाउने उनले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell