PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

गान्धी जयन्ती मनाउँदा गोड्से पनि ट्रेन्डिङमा



पहिलोपोस्ट

गान्धी जयन्ती मनाउँदा गोड्से पनि ट्रेन्डिङमा

महात्मा गान्धीको १ सय ५० औं जन्मदिन मनाइरहँदा उनको हत्या गर्ने नाथुराम गोड्सेको नाम पनि ट्विटर ट्रेन्डमा देखिएको छ। हिजो बिहानैदेखि महात्मा गान्धीको महानता र आदर्शलाई ट्विट गर्नेहरुको भीड थियो।

भारतमा मात्र होइन, विश्वभरि नै अहिंसाका पुजारीका रुपमा महात्मा गान्धीलाई लिने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो जसमा गान्धीका विचारमाथि विमर्श भए। विभिन्न ह्यास ट्यागमा महात्मा गान्धीलाई जोडेर सोसल मिडियामा पोस्ट गर्नेहरुको संख्या अत्यधिक थियो जसले गान्धीको १ सय ५० जन्म जयन्तीलाई कति सर्वस्विकार्य छ भन्ने बुझाउन पर्याप्त थियो।

तर हिजो साँझ ५ बजेपछिको दृश्य भने फरक थियो। महात्मा गान्धीको हत्या गर्ने नाथुराम गोड्सेको पक्षमा ट्वीट गर्नेहरु एकाएक देखा परे साँझतिर। गोड्से अमर रहुन् भन्ने ह्यास ट्याग राखेर ट्वीट गर्नेहरुले साँझ ८ बजेसम्म त्यसलाई ट्रेन्डिङमा ल्याइरहे।

गान्धीको हत्यापछि गोड्सेलाई मृत्युदण्ड दिइएको थियो। गोड्सेका समर्थकहरुले महात्मा गान्धीका कारण देश विभाजित भएको र धेरैको ज्यान गएको तर्क गर्दै आएका छन्। उनीहरुको भनाइ हुने गर्छ– गोड्सेले त एकजनाको मात्र ज्यान लिए, गान्धीले त कैयौंको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell