PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

च्याम्पियन्स लिग: बार्सिलोना, चेल्सी र आयाक्सको जित



पहिलोपोस्ट

च्याम्पियन्स लिग: बार्सिलोना, चेल्सी र आयाक्सको जित
फोटोः सिबिएस न्युज

च्याम्पियन्स लिगको गएराति भएको खेलहरुमा बार्सिलोनाले इन्टरलाई २-१ ले पराजित गरेको छ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेलको दोस्रो मिनेटमै इन्टरका मार्टिन्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा इन्टरले आफ्नो अग्रता जोगाउन सफल रह्यो।

तर, दोस्रो हाफमा भने बार्सिलोनाका लागि लुइस स्वारेजले २ गोल गर्दै टिमको जीत सुनिश्चित गरे। उनले खेलको ५८ औं र ८४ औं मिनेटमा गोल गरेका थिए।

आयाक्सको जित

गएराति नै भएको अर्को खेलमा भ्यालेन्सिया आयाक्ससँग पराजित भएको छ। आयाक्सले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा १ गोल गरेको थियो। आयाक्सका लागि जिरोच, प्रोमेस र भान डी विकले गोल गर्दै जित सुनिश्चित गरे।

चेल्सीको जित

च्याम्पियन्स लिगको हिजोको खेलमा चेल्सीले लिललाई २-१ ले हरायो। चेल्सीका अब्राहमले २२ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर, ३३ औं मिनेटमा ओसिम्हेनले गोल गर्दै खेल बराबरीमा ल्याए। फ़ेरि खेलको ७२ औं मिनेटमा गोल गर्दै विलियनले चेल्सीको जित सुनिश्चित गरे।

त्यस्तै अर्को खेलमा लिभरपुलले सालबर्जमाथि ४-३ को जित हात पार्‍यो। लिभरपुलका लागि मोहमद सलाहले २ गोल तथा माने र रोबर्ट्सनले १/१ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell