A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6997e078747259.77571888): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6997e078747259.77571888,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6997e078870b64.43020926): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6997e078870b64.43020926,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सरकार 'भिजिट नेपाल २०२०' को प्रचारमा : पोखरा भने पर्यटकीय सिजनमै सुनसान, ह्वात्तै घट्यो होटलको अकुपेन्सी
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

सरकार 'भिजिट नेपाल २०२०' को प्रचारमा : पोखरा भने पर्यटकीय सिजनमै सुनसान, ह्वात्तै घट्यो होटलको अकुपेन्सी



विष्णु गौतम

सरकार 'भिजिट नेपाल २०२०' को प्रचारमा : पोखरा भने पर्यटकीय सिजनमै सुनसान, ह्वात्तै घट्यो होटलको अकुपेन्सी

पोखरा: अक्टोबर पर्यटन व्यवसायीका लागि भ्याईनभ्याई हुने महिना हो। दशैंसमेत यही बेला परेकोले आन्तरिक पर्यटकका लागि पनि भन्दा उत्तम समय। सरकारी निकाय लामो समयसम्म बिदा हुने कारणले पनि आन्तरिक रुपमा पोखरा घुम्न आउनेको लर्को नै हुन्थ्यो- अघिल्ला वर्षहरुमा।

चर्चित पदमार्ग अन्नपुर्ण ट्रेकिङ रुटको प्रस्थान विन्दुको रुपमा पनि पोखरालाई लिने गरिन्छ। जसले गर्दा पनि आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्छ पोखरा।

तर यो यामको शुरुवात पोखराका लागि सुखद देखिएन। पर्यटकको संख्यामा खासै प्रगति नदेखिएपछि कतिपय व्यवसायीहरु त व्यवसाय बन्द गरेर टीका थाप्न घर जाने सोचमा छन्। यो वर्ष पर्यटन क्षेत्रको व्यवसाय अत्यन्त न्यून हुने अनुमान उनीहरुको छ।

“न अक्टोबर, न दशै जस्तो” भएको छ पोखराका पर्यटन व्यवसायीलाई।

सरकारले भिजिट नेपाल २०२० को प्रचार गर्दै २० लाख पर्यटक भित्र्याउने योजना बनाइरहेको बेला किन यस्तो सुनसान भयो त पोखरा? व्यवसायीहरु पूर्वधारका समस्यादेखि नेपालबारे अन्तर्राष्ट्रिय समुदायमा गलत प्रचार हुनु मुख्य कारण भएको बताउँछन्।

ट्रेकिङ एजेन्सी एसोसियनका अफ नेपाल, टानका सह–सचिव उदय सुवेदी भन्छन् “गत वर्ष अक्टोबरका लागि अगस्टदेखि नै पर्यटकहरुको बुकिङ हुने गरेको थियो। तर अहिले त्यस्तो छैन।” यस्तै भए व्यवसाय चौपट हुने पनि उनको गुनासो रह्यो। भने, “दशै चलिरहेको बेला मलाई आन्तरिक पर्यटकहरुलाई विभिन्न होमस्टे तथा हाकिङको बुकिङ हुन्थ्यो। अहिले आन्तरिक पर्यटन त बढ्नु पर्ने। त्यस्तो भइरहेको छैन। प्रतिकुल मौसमका कारण पनि समस्या भएको हो कि।”

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि अहिलेको अफ सिजनजस्तै भएको धारणा राख्छन्। उनी भन्छन्, “दशै अलि छिटो आयो जस्तो लाग्यो अहिले होटलको अकुपेन्सी जम्मा २५ देखि ३० प्रतिशत मात्रै छ।”

अन्तराष्ट्रिय समुदायका केही संस्थाहरुले नेपालमा डेंगुको प्रभाव बढिरहेको भन्ने सुचना जारी गर्नुले पनि व्यवसायमा धक्का लागेको व्यवसायीहरुको अनुमान छ।

आन्तरिक पर्यटकका लागि भने यो सिजनमा सहज हवाई टिकट नपाउनु र सडक मार्ग अत्यन्त बिग्रिएको थप कारण हुनसक्ने उनीहरुको भनाई रह्यो।  सवै स्थानमा सडको विस्तारका कारण पनि पछिल्लो समय पदयात्रा जाने पर्यटक घटेको तुलाचनको ठहर छ। उनले भने–“जता ततै सडक खोलेको छ पहिला पहिला बीस दिन लाग्ने थोरोङला पास अहिले आठ दश दिनमै पास गर्छन्। यस्ले त अब हाम्रा सीमित पद यात्रा हुने पो होकी भन्ने डर लाग्न थालेको बताउछन्।”

उनका अनुसार भ्रमण वर्ष आउन केही महिना मात्र बाँकी छ तर अन्तराष्ट्रिय उडान राम्रौ छैन। उनले भने–“बिदेशी पर्यटकले चार पाँच महिना अघिदेखि योजना बनाउछन्। घुम्नजाने ठाउँहरुमा हामीले सडक सुरक्षा पनि हामीले दिन सक्नुपर्ने हो तर त्यो केही पनि भएको छैन।”

आन्तरीक पर्यटन प्रवर्द्धनका लागि विभन्न ठाउँमा पुगेको गण्डकी प्रदेश प्रचार टोलीका सदस्य तथा पोखरा पर्यटन परीषदका अध्यक्ष चिरीन्जीवी पोख्रेलका अनुसार अब पोखराका पृथ्वी चोकदेखि महेन्द्र पुल लेकसाइड सबै क्षेत्रमा केही महिनामा आन्तरिक  पर्यटकले भरीभराउ हुनेमा विश्वस्त छन्।

पोखरामा भूकम्प र नाकाबन्दी हुँदासमेत होटलको अकुपेन्सी यो सिजनमा ७० देखि ८० प्रतिशतसम्म हुने गरेको थियो। अहिले त स्थिति नाजुक रहेको लेकसाइडका पर्यटन व्यवसायी नरेश भट्टराईको दाबी छ।  उनले भने–“चारैतिर रोगको भयावह छ भनेर सूचना जारी गर्नु नै यो सिजनको लागि अभिसाप हो।” पोखरामा एकरात बस्नु पर्ने पर्यटक काठमाडौंबाट सिधै जोमसोम घान्द्रुकसम्म पुग्छन् अनि कसरी पोखरामा अकुपेन्सी बढ्छ त?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell