PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

'वार'ले गर्‍यो बक्स अफिसमा आक्रमक ओपनिङ, समीक्षक र फिल्मकर्मीको सकारात्मक प्रतिक्रिया



पहिलोपोस्ट

'वार'ले गर्‍यो बक्स अफिसमा आक्रमक ओपनिङ, समीक्षक र फिल्मकर्मीको सकारात्मक प्रतिक्रिया
फोटो : Hindustantimes.com ।

मुम्बई : बलिउड स्टार ऋतिक रोशन र टाइगर श्राफ अभिनित फिल्म 'वार' ले भारतीय बक्स अफिसमा ५३ करोड भारुको व्यापार गर्दै आक्रमक ‍ओपनिङ गरेको छ।

यसअघि फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ ले ५२ करोडको ओपनिङ गरेको थियो। गान्धी जयन्तीको अवसरमा रिलिज गरिएको 'वार'ले सार्वजनिक विदाको पुरा फाइदा उठाएको छ।

'वार'ले समीक्षक र फिल्मकर्मीबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छ। ऋतिक र टाइगरले पहिलो पटक एउटै स्क्रिन शेयर गरेका हुन्।

फिल्ममा गुरु र चेलाको टक्रावलाई दर्शकले निकै रुचाइरहेका छन्। सिद्धार्थ आनन्द निर्देशित यस फिल्मलाई बुधबार विश्वभरको ५ हजार ३ सय ५० वटा स्क्रिनमा प्रदर्शन गरिएको दैनिक भास्करले जनाएको छ

यशराजको ब्यानरमा निर्माण भएको वारमा आदित्य चोपडाले लगानी गरेका छन्। फिल्ममा ऋतिक र टाइगरसँगै बानी कपूर पनि मुख्य भूमिकामा छिन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell