PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

सुन एकै दिन ११ सय महँगो, दुई दिनमा बढ्यो १७ सय



पहिलोपोस्ट

सुन एकै दिन ११ सय महँगो, दुई दिनमा बढ्यो १७ सय

काठमाडौं : सुनको मूल्य फेरि बढ्न थालेको छ। बिहीवार प्रति तोला सुनको मूल्य ११ सय रुपैयाँले बढेको हो। बिहीवारको लागि प्रति तोला सुनको मूल्य ७० हजार नौ सय रुपैयाँ तय गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बुधवार प्रति तोला सुनको मूल्य ६९ हजार आठ सय रुपैयाँ रहेको थियो। दुई कारोबार दिनमा सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ। यसअघि सुनको मूल्य ७३ हजार पाँच सय रुपैयाँसम्म उक्लिएको थियो।

बिहीवार चाँदीको मूल्य समेत बढेको छ। एकै दिनमा प्रति तोला चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ। बिहीवारको लागिप्रति तोला चाँदीको मूल्य आठ सय ५० रुपैयाँ तय गरिएको छ।

बुधवार चाँदीको मूल्य आठ सय ३५ रुपैयाँ रहेको थियो। चाँदीमा समेत लगातार वृद्धि देखिएको छ। दुई कारोबार दिनमा प्रति तोला चाँदीको मूल्य २५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell