PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

गान्धी जयन्तीमा भारतले भन्सार नखोल्दा नाकामा गाडीको लर्को



राधेश्याम पटेल

गान्धी जयन्तीमा भारतले भन्सार नखोल्दा नाकामा गाडीको लर्को

वीरगन्ज : अक्टोबर २ तारिखमा मनाइएको १५० औं गान्धी जयन्तीका कारण भारतीय गाडी बाहिरिन नपाएपछि वीरगन्ज भन्सारअन्तर्गत एकीकृत जाँच चौकी (आइसिपी)मा सवारी साधनको लाम लागेको छ। गाडी रोकिएपछि आइसिपीको मुल गेटदेखि हरपतगन्जसम्म दिनभर सवारी साधनको लाम लागेको हो।

गान्धी जयन्तीको अवसरमा आइसिपीको भारतीय भन्सारमा सार्वजनिक विदा भएका कारण नेपालबाट फर्किने गाडी हिजो भारत फर्किन पाएका थिएनन्। विहारका टिपर चालक नीतेश सिंहले हिजैदेखि गाडी व्यापारिक मार्गको हरपतगंजनजिक रोकिएको बताए। उनले नेपालबाट गाडी नजाँदा बाटोमै रात काट्नुपरेको दुःखेसो पोखे।

वीरगन्ज–पोखरिया सडकखण्डमा पनि ठाउँ–ठाउँमा जाम भएको ट्राफिक कार्यालय पर्साले जनाएको छ। दशैंको उपलक्ष्यमा आयोजना भइरहेको दुर्गा पूजा र सांस्कृतिक कार्यक्रमले गर्दा पनि आज दिनभरि ड्राइपोर्ट–आइसिपी क्षेत्रमा गाडीहरुको जाम लागेको थियो।

आइसिपी सञ्चालन गर्ने नेपाल इन्टरमोडेलका एक अधिकारीका अनुसार बिहीवार दिउँसोदेखि भारतीय पक्षले भन्सार खोलेका कारण नेपालबाट भारत जाने गाडीको आवागमन सहज भएको छ। जामले गर्दा करीब १ हजार गाडी नेपालमा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell