
काठमाडौँः पदबाट राजीनामा दिएपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छन्। महराले सेनाका १७ र प्रहरीका ९ जना सुरक्षाकर्मी फिर्ता गरेका हुन्। दुई सुरक्षाकर्मी भने आफैँसँग राखेका छन्।
बिहीबार संसद् सचिवालयमा महराले गाडी फिर्ता पठाएका हुन्।
निवास खाली गर्ने तयारी भए पनि डेरा नपाएकाले तत्काल सम्भव नभएको महराका प्रेस सल्लहाकार डिल्ली मल्लले जानकारी दिए।
डेरा पाउनसाथ सरकारी निवास पनि खाली गरिने मल्लले जानकारी दिए।
जबर्जस्ती करणीको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए। संसद् सचिवालयमै कार्यरत एक महिलाले उनलाई करणीको आरोप लगाएकी थिइन्।