PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैं कसरी सुरक्षित बनाउने?



पहिलोपोस्ट

दशैं कसरी सुरक्षित बनाउने?

काठमाडौः चाडपर्व शुरु भएसँगै राजधानीलगायत देशका विभिन्न स्थानमा चोरी, लुटपाट लगायतका अपराधिक गतिविधि बढी हुने गरेको पाइन्छ।

राजधानीमा सबैभन्दा धेरै चोरीका घटना हुने गरेका छन्। दशैं मनाउन गाउँ जानेको सङख्या बढी हुनाले घर तथा कोठा खाली हुने गर्दछन्। यही मौका छोपेर चोरी हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी बताउँछन्।

विभिन्न अपराधलाई नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा योजना लागू गरिरहेको छ। प्रहरीले दशैंमा हुने अपराधलाई कम गर्ने सर्वसाधारणमा यस्तो अपिल गरेको छ।

राजधानीमा हुने आपराधिक गतिविधिबारे जानकारी लिन सादा पोशाकमा ७० जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै राजधानी भित्रिने र बाहिरिने नाकामा प्रहरीको विषेश तालिम प्राप्त कुकुरसमेत परिचालन हुने प्रहरीले जानकारी दिएको छ।

दशैं सुरक्षित बनाउन प्रहरीको अपिल यस्तो

१. आफ्नो घरको डेरा व्यक्ति तथा काम गर्नेको व्यक्तीको नाम, थर र फोटोसहितको विवरण राख्नुहोस्।

२. रातको समयमा आफ्नो घर, टोलमा होहल्ला गरी हिड्ने तथा शंकास्पद व्यक्तिहरुको गतिविधि देखेमा प्रहरीमा तुरुन्तै खबर गर्नुहोस्।

३. जुवा, तास, ढुकुटी आफु पनि नखेल्न, नखेलाउन र खेलको देखेमा प्रहरीलाई खबर गर्नुहोस्।

४. टोलमा नौलो असामान्य मानिस देखेमा निगरानी गर्नुहोस् वा उसको बारेमा जानकारी राख्नुहोस्।

५. सार्वजनिक स्थानमा धुम्रपान, मध्यपान गर्ने कार्यलाई निरुत्साहित गरौं।

६. छतमा चढेर यात्रा नगरौं, जथाभावी सवारी पार्किङ नगरौं ट्राफिक नियम पालना गरौं

७. अपरिचित ब्यक्तिले दिएको कुनै पनि खाना सेवन गर्नुहोस्।

८. रातको समयमा कसैले ढोका ढकढक्याए नचिनिकन ढोका नखोल्नुहोस्।

९. घर टोलमा रातको समयको लागि बत्तीको व्यवस्था तथा साइरन राख्ने व्यवस्था मिलाउनुहोस्।

१०. बैंक तथा वित्तिय संस्थामा ठुलो रकम झिक्न र राख्न जादाँ विश्वासिलो मानिसलाई लिएर जानुहोस्।

११. चोरी, डकैती, लुटपाट, गुण्डागर्दी भएको थाहा पाउने वितिकै प्रहरीलाई खबर गर्नुहोस्।

१२. सार्वजनिक स्थानमा हिडडुल गर्दा सुनको गहना प्रयोग नगर्नुहोस् तथा साथमा बढी रकम नबोक्नुहोला।

१३. धम्कीपूर्ण फोन आए रेर्कड गर्न मिल्नेसम्म गर्नुहोस् र प्रहरीलाई नम्बर दिनुहोस्।

१४. कालोबजारी, अवैध मदिरा विक्रिवितरण, चन्दा आतंक, अपहरण जस्ता भएको थाहा पाए प्रहरीलाई निर्धक्क सम्पर्क गर्नुहोला।

१५. रातीको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरी सुत्ने गर्नुहोस्।

१६. लामो समयको लागी घर छोडेर बाहिर जादा विश्वासिलो मानिसको जिम्ममा छोड्नुहोस्।

१७. प्रज्वलशिल पदार्थको व्यवस्थापन सुरक्षित तवरले गर्नुहोस्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell