PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दशैंका लागि विदेशी ह्विस्कीको आयात बढ्यो, ड्राईपोर्ट भएर भित्रियो साढे १२ करोडको ह्विस्की



राधेश्याम पटेल

दशैंका लागि विदेशी ह्विस्कीको आयात बढ्यो, ड्राईपोर्ट भएर भित्रियो साढे १२ करोडको ह्विस्की
फोटो: dynamicthapaspace.blogspot.com

वीरगंज: तेस्रो मुलुकबाट आयात हुने मदिराजन्य पदार्थमा विदेशी ह्विस्कीको आयात पोहोरभन्दा यसपाली बढेको छ भने वाइन र इनर्जी ड्रिंकको घटेको छ।

श्रीसिया सुक्खा बन्दरगाहको तथ्याड्क अनुसार चालू आवको साउन–भदौमा रु १२ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको ७२ हजार ३३९ लिटर जिन, भोड्का, रम ह्विस्की आएको भन्सारका सूचना अधिकारी विकाश कुमारले बताए भने सोबापत भन्सार कार्यालयले रु २५ करोड ६५ लाख ३० हजार राजस्व असूल गरेको छ।

गत आवको यस अवधिमा रु ९ करोड ५७ लाख ५४ हजार बराबरको ५१४७७ लिटर विदेशी मदिरा भित्रिएको थियो। पोहोर भन्सार कार्यालयले सो मदिरा आयातबापत १५ करोड ४४ लाख ५४ हजार राजस्व असूल गरेको थियो।

ह्विस्कीमा रेड लेबल, ब्ल्याक लेबल, भ्याट ६९, सिवास रेगललगायत बढी भित्रिएको भन्सार कार्यालयले जनाएको छ। ह्विस्कीमा गतवर्ष प्रतिलिटर १६ सय रुपैयाँ भन्सार महसुल, ५ सयदेखि १२ सय  प्रतिलिटर अन्तःशुल्क र १३ प्रतिशत भ्याटसमेत राजस्व उठाइएको थियो भने चालू आवमा भन्सार महसूल रु १२ सयदेखि २ हजार प्रतिलिटर,  अन्तःशुल्क रु ९९० देखि १५ सय ६० प्रतिलिटर र भ्याट १३ प्रतिशत लिएको छ।

त्यसैगरी वाइन र इनर्जी ड्रिंकको आयात घटेको भन्सारको तथ्याड्ढले देखाएको छ। वाइन गत वर्ष १ लाख ४० हजार १७० लिटर भित्रिएको थियो भने यस वर्ष दुई महीनामा १ लाख १ हजार ४३० लिटर मात्र भित्रिएको छ। रु ६ करोड ६ लाख ४८ हजार मूल्य बराबरको वाइन गत वर्ष भित्रिदा भन्सार कार्यालयले ९ करोड ८७ लाख ५५ हजार राजसव असूल गरेको थियो भने चालू आवको भदौसम्म रु ४ करोड ४ लाख ३० हजार मूल्य बराबरको वाइन भित्रिदा कार्यालयले ८ करोड २० लाख ८९ हजार राजस्व असुल गरेको छ।

वाइनमा गत वर्ष भन्सार महसूल रु २४० प्रतिलिटर, अन्तःशुल्क रु ३३५ देखि ३९० प्रतिलिटर  र १३ प्रतिशत भ्याट असूल गरिएको थियो भने चालू आवको नयाँ नियमअनुसार वाइनमा यस वर्ष भन्सार महसूल रु ३ सय प्रतिलिटर, रु ३७० देखि ४ सयसम्म अन्तःशुल्क र १३ प्रतिशत भ्याट लगाइएको छ।

यसैगरी चालू आवदेखि विदेशबाट भित्रिने इनर्जी ड्रिंकमा सरकारले लगाएको प्रतिबन्धले पनि आयात घटेको हो। तर असार २ गतेसम्म आयात अर्डर गरिसकेको इनर्जी ड्रिंक हालसम्म पनि भित्रिरहेको भन्सार कार्यालयले बताएको छ।

गत वर्षको साउन–भदौमा ३२ करोड २७ लाख २० हजार राजस्व तिरेर ९७ करोड २९ लाख ६ हजार मूल्य बराबरको ६३ लाख १३ हजार ६५६ लिटर इनर्जी ड्रिंक भित्रिएको थियो भने चालू आवको भदौसम्म ३७ करोड ९८ लाख ३६ हजार राजस्व असूल गरेर ७७ करोड ४२ लाख ३२ हजार मूल्य बराबरको ५१ लाख ५९ हजार ८२० लिटर इनर्जी ड्रिंक भित्रिएको छ।

इनर्जी ड्रिंकमा गत वर्ष ३० प्रतिशत भन्सार महसुल, प्रतिलिटर रु २५ अन्तःशुल्क र १३ प्रतिशत भ्याट लागेको थियो भने चालू आवमा भन्सार महसूल रभ्याट सामान्य भएपनि अन्तःशुल्क २५ बाट ७५ रुपैयाँ प्रतिलिटर गरिएको छ। इनर्जी ड्रिंक स्वस्थकर नभएले सरकारले यस आवदेखि विदेशबाट आयात हुने रेडबुल, रेड स्टार, रेड बेललगायत इनर्जी ड्रिंकमा प्रतिबन्ध लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell