PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी

नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौँको पाको न्यूरोड स्थिति एक नक्कली सुनका गह गहना बनाउने कारखानामा आगलागी भएको छ।

बिहीवार राति करिब साढे ११ बजे घरको पाँचौँ तल्लामा रहेको कारखानामा आगलागी भएको हो। नेपाल प्रहरी, नेपाली सेना, जुद्ध बारुणयन्त्र तथा स्थानीयको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो।

'नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी भएको बुझिएको छ। आगो नियन्त्रणमा आइसकेको छ,' महानगरीय प्रहरी जनसेवा वृत्तका डिएसपी वासुदेव खतिवडाले भने।

आगलागीबाट के कति क्षति भयो भन्ने खुलिनसकेको डिएसपी खतिवडाले जानकारी दिए।



ट्रेन्डिङ पोस्ट

Ncell