PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कटुवा पेस्तोलसहित जनकपुरबाट एकजना पक्राउ



पहिलोपोस्ट

कटुवा पेस्तोलसहित जनकपुरबाट एकजना पक्राउ

धनुषा : प्रदेश नम्बर २ प्रहरीले जनकपुरबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

जनकपुर उपमहानगरपालिका-१४ बाट महोत्तरी जलेश्वर नगरपालिका-९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई १ थान कटुवा पेस्तोलसहित बिहीवार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रदेश नम्बर २ प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज ११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पाठकले कम्मरमा लुकाई राखेको उक्त पेस्तोल फेला पारेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell