PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

आफूले हानेको मिसाइल आफ्नै हेलिकप्टरलाई लागेको भारतद्वारा स्वीकार



पहिलोपोस्ट

आफूले हानेको मिसाइल आफ्नै हेलिकप्टरलाई लागेको भारतद्वारा स्वीकार
फोटो : Tauseef MUSTAFA/AFP ।

नयाँ दिल्ली : गत फेब्रुअरीमा पाकिस्तानसँग कश्मीर विषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसाइल लागि आफ्नै हेलिकोप्टर खस्दा छ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ।

'गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलवस आफ्नै हेलिकप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित छ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,' वायुसेना प्रमुख राकेस कुमार भदौरियाले बताए।

यस्ता गल्ती भविष्यमा नदोहोरिने पनि उनले स्पष्ट पारे।

कश्मीर क्षेत्रमा भारत र पाकिस्तानबीच फेब्रअरी २७ मा भएको द्वन्द्वमा भारतीय हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो।

पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकू समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो। उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले कश्मीरको पुलवामा आक्रमण गरी ४० भारतीय स्थल सेनाको हत्या गरेपछि भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell