PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

इनास फिल्म अवार्ड : उत्कृष्ट फिल्म बन्न ‘बुलबुल’, ‘प्रसाद’ र ‘गोपी’ बिच प्रतिष्पर्धा



पहिलोपोस्ट

इनास फिल्म अवार्ड : उत्कृष्ट फिल्म बन्न ‘बुलबुल’, ‘प्रसाद’ र ‘गोपी’ बिच प्रतिष्पर्धा

काठमाडौं : ‘इनास फिल्म अवार्ड-२०७६’ को उत्कृष्ट तीनको मनोनयन सूची सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्न लागेको छैठौं इनास फिल्म अवार्डको मनोनयन सूची शुक्रवार सार्वजनिक भएको हो।

आगामी असोज २७ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने उक्त अवार्ड शोमा ११ विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएको छ। अवार्डमा उत्कृष्ट फिल्म तर्फ ‘बुलबुल’, ‘प्रसाद’ र ‘गोपी’ मनोनयनमा परेका छन्।

त्यस्तै उत्कृष्ट निर्देशकका लागि ‘बुलबुल’ बाट विनोद पौडेल, ‘प्रसाद’ बाट दिनेश राउत र ‘गोपी’ बाट दीपेन्द्र लामा नै मनोनयनमा परका छन्। उत्कृष्ट अभिनेता तर्फ ‘गोपी’ र ‘प्रसाद’ दुई फिल्मबाट विपिन कार्की र फिल्म ‘यात्रा’ बाट सलिनमान बनियाँको प्रतिष्पर्धा हुनेछ। यता उत्कृष्ट अभिनेत्रीको तर्फ भने ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ, ‘साइँली’ बाट मेनुका प्रधान र ‘बुलबुल’ बाट स्वस्तिमा खड्का मनोनयनमा परेका छन्।

छैटौं इनास अवार्ड-२०७६ को उत्कृष्ट तीनको मनोनयन सूची : 

१. उत्कृष्ट चलचित्र
बुलबुल
प्रसाद 
गोपी

२. उत्कृष्ट निर्देशक
विनोद पौडेल (बुलबुल)
दिनेश राउत (प्रसाद)
दिपेन्द्र लामा    (गोपी)

३. उत्कृष्ट अभिनेता
विपिन कार्की (प्रसाद)
विपिन कार्की (गोपी)
सलिनमान बाँनिया (यात्रा)

४. उत्कृष्ट अभिनेत्री
सृष्टि श्रेष्ठ (रोमियो एण्ड मुना)
मेनका प्रधान (साहिली)
स्वस्तीमा खड्का (बुलबुल)

५. उत्कृष्ट लेखन
सुशील पौडेल    (प्रसाद)
दिपेन्द्र लामा (गोपी)
विनोद पौडेल    (बुलबुल)

६. उत्कृष्ट सम्पादन
निमेष श्रेष्ठ    (साहिली)
बनिष शाह/भुपेन्द्र अधिकारी (छक्का पञ्जा ३)
अनिमेष सापकोटा    (बुलबुल)

७. उत्कृष्ट छायांकन
पुरुषोत्तम प्रधान (छक्का पञ्जा ३)
संजय लामा (यात्रा)
शैलेन्द्र डी कार्की (इन्टु मिन्टु लन्डनमा)

८. संगीत 
दिपक शर्मा (छक्का पञ्जा ३) - फनफनी घुमेर
सुवास भुषाल (प्रसाद) - लैलै बरै
हर्कुलस बस्नेत (इन्टु मिन्टु लण्डनमा) - चाहाना मनको

९. गायन (पुरुष)
केतन क्षेत्री (प्रसाद) - लैलै
हकुलश बस्नेत (इन्टुमिन्टु लण्डनमा) - उडायो हावाले
प्रताप दाश (रोज) - फुल होइन काँडा

१०. गायन (महिला)
प्रविशा अधिकारी (रोज) - फूल होइन काँडा
निकिता थापा (इन्टुमिन्टु लण्डनमा) - उडायो हावाले    
मेलिना राई (सुश्री सम्पत्ति) - हुकुम बक्सियोस्

११. नृत्य निर्देशन
कविराज गहतराज (भैरे) - सान्नानीलाई भेट्न
कविराज गहतराज (छक्का पञ्जा ३) - औंठी बैना    
गम्भीर विष्ट (सुश्री सम्पत्ति) - रुकुम बक्सियोस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell